चाँगुनारायणलाई धार्मिक पर्यटनकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

आर्थिक समाचार

भक्तपुर, साउन : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका–७ बागेहिटी देवीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा गत साउन ६ गतेदेखि सुरु भएको एक महिने शिवपुराण तथा विष्णुपुराण ज्ञान महायज्ञमा आज सहभागी हुनुभएको थियो ।

सो अवसरमा नगरकोट आफैँमा पर्यटकीय क्षेत्र रहेको बताउँदै उहाँले चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मका क्षेत्रमा रहेको प्रसिद्ध धार्मिकस्थललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख जीवन खत्रीले पर्यटनको विकासबाटै नगरवासीको आर्थिक विकासमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै पालामा विकास सम्भव छ, त्यही सङ्कल्पका साथ नगरकोट भ्रमण वर्षको आयोजना गरेका हाँै । विकासमा सबैलाई जोड्दै लगेका छौँ, धार्मिक, आर्थिक र पर्यटन विकास र सिङ्गो चाँगुायणको समृद्धिको यात्रा थालनी गरेका छौँ ।”