काठमाडौं – दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ अत्यन्त भव्य र गौरवपूर्ण ढंगले सम्पन्न भएको छ। नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियन हलमा सम्पन्न यस समारोहमा देश–विदेशका विशिष्ट व्यक्तित्वहरू, कलाकार, सामाजिक अभियन्ता, व्यवसायी तथा नेतृत्वदायी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोह दुई चरणमा सम्पन्न भयो।
पहिलो चरणमा आयोजित विशेष सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा समाजसेवा, शिक्षा, स्वास्थ्य, साहित्य, पर्यटन, सञ्चार, महिला सशक्तिकरण लगायतका क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई सम्मान गरियो।
विशेष आकर्षण – विश्व कीर्तिमानी सञ्चारकर्मी राजेन्द्र लुईटेल (राज) को सम्मान
उक्त विशेष सम्मान कार्यक्रममा कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष, सञ्चारकर्मी, समाजसेवी तथा गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर श्री राजेन्द्र लुईटेल (राज) लाई भव्य सम्मान प्रदान गरियो।
बहुआयामिक व्यक्तित्व
राजेन्द्र लुईटेल बहुआयामिक व्यक्तित्व हुन् –
उहाँ कार्यक्रम व्यवस्थापन संघ, नेपाल (Event Management Association Nepal) का संस्थापक अध्यक्ष हुनुहुन्छ।
कार्यक्रम व्यवस्थापन (Event Management) लाई नेपालमा औपचारिक पेसाको रूपमा स्थापित गर्न उहाँको अग्रणी भूमिका छ।
नेपालमा ‘प्रेस रिलेसन म्यानेजर (PRM)’ को अवधारणा विकास गर्ने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्छ।
उहाँको नाम विश्व कीर्तिमानमा (Guinness World Record) दर्ता गरिएको छ, जसले उहाँको कार्यक्षमता र समर्पणलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्दछ।
कोभिड महामारीको समयमा उहाँले ७२ जिल्लामा राहत वितरण, स्वास्थ्य सामग्री आपूर्ति, खाना वितरण गर्दै दैनिक १०,००० भन्दा बढी मानिसमा सहयोग पु¥याउने कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्नुभयो।
विश्वप्रतिष्ठित सँस्था गिनिज वल्र्ड रेकर्डस्मा आफ्नो नाम सुनौलो अक्षरले लेखाउन सफल हुनुका साथै अमेरिका बुक अफ रेकर्डस,अमेरिका, द व्रिटिश वल्र्ड रेकर्डस युके,युरोपियन रेकर्डस बुक,युरोप,युनीभर्सल वल्र्ड रेकर्डस भारत, दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड,भारत,महात्मा गान्धि ईन्टरनेशनल अवार्ड भारत,एपिजे अव्दुल कलाम सेवा सम्मान जस्ता विश्व प्रसिद्ध संघसंस्थाहरुबाट सम्मानित भैसक्नु भएका कारण उहाँलाई तथा कुशल व्यवस्थापनका साथसाथै व्यवसाय प्रवद्र्धन र उद्यम गर्नेहरुका लागि प्रेरणा बन्नु भई देशको आर्थिक विकास र सामाजिक सेवा सँरक्षणका निम्ति पुर्याउनु भएको योगदानको कदर स्वरुप उक्त विशेष सम्मान लुईटेललाई प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।
सञ्चारकर्मीका रूपमा हजारौं कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नुभएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा कार्यक्रम परामर्शदाता, पत्रकार तथा लेखकका रूपमा उहाँको योगदान अत्यन्त उल्लेखनीय छ।
उहाँले सञ्चारको माध्यमबाट समाजमा सकारात्मक रूपान्तरण, राष्ट्रिय एकता र युवा जागरणको सन्देश फैलाउँदै आउनुभएको छ।
उहाँलाई ‘कला, साहित्य, सञ्चार, समाजसेवा र कार्यक्रम व्यवस्थापन’ लगायतका क्षेत्रमा योगदानको उच्च मूल्यांकन गर्दै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरू प्रदान गरिएको छ।
उहाँको मार्गदर्शन र सक्रियतामा नेपाली मञ्च संस्कृति, प्रस्तुतिकला र सार्वजनिक संप्रेषण प्रणालीमा गुणात्मक रूपान्तरण आएको विभिन्न विश्लेषकहरूले बताएका छन्।
कार्यक्रमको दोस्रो चरणमा सम्पन्न मुख्य अवार्ड समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि हुनुहुन्थ्यो।
यस चरणमा गीत–संगीत, अभिनय, निर्देशन, फेसन, चलचित्र, सौन्दर्यशास्त्र, सामाजिक कार्यलगायतका ४० विधामा विशिष्ट प्रतिभाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी प्रियंका प्रसाईले गर्नु भएको थियो, जसले सम्पूर्ण समारोहलाई सशक्त, आकर्षक र स्मरणीय बनाइन्।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, अभिनेत्री सनी रौनियार, निर्देशक रमेश बुढाथोकी, अभिनेता उत्तम केसी, प्रा. डा. बाबुराम गौतम, डा. सीता ढुङ्गाना, नेपाली सेनाका ब्रिगेडियर जनरल राजन अधिकारी लगायत थुप्रै विशिष्ट अतिथि तथा सांस्कृतिक हस्तीहरूको उपस्थिति थियो।
समारोहका संयोजक तथा अध्यक्ष टेकराज पाण्डेले ‘ग्लोबल स्टार अवार्ड’ को उद्देश्य नेपाली प्रतिभाको पहिचान, सम्मान र विश्वस्तरमा प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्नुभयो।
यस सम्मानले विशेषतः राजेन्द्र लुईटेल (राज) जस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई सृजनात्मक, सेवामूलक र राष्ट्रिय भावना बोकेको मार्गमा अग्रसर हुन सन्देश दिएको छ।
