राष्ट्र बैंकले १८ दिनमा उठायो साढे दुई खर्ब

आर्थिक समाचार

काठमाडौं । निक्षेप परिचालनको तुलनामा कर्जा लगानी बढ्न नसकेपछि पछिल्ला वर्ष बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढ्दै गएको छ । निक्षेप संकलन बढ्दै जाने तर सोही अनुपातमा कर्जा लगानी नबढेपछि नेपाल राष्ट्र बैंकले यही साउन १८ गतेसम्म दुई खर्ब ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत न्यूनतम २८ देखि अधिकतम ५६ दिनसम्मका लागि बैंकिङ प्रणालीबाट पाँचपटक तरलता प्रशोचन गरेको हो ।  राष्ट्र बैंकका अनुसार, प्रणालीमा अहिले निक्षेप परिचालन बढेर ७२ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म ५५ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी विस्तार नभएपछि अहिले बैंकिङ प्रणालीमा झन्डै आठ खर्ब रुपैयाँ अधिक तरलता छ ।