GKS KOREA ले प्रथम बुद्दीचाल प्रतियोगिता यहिं आउंदो अगस्ट ३१ तारिख का दिन गर्ने

कोरियाअपडेट

सोमित अधिकारी 

सौल/ दक्षिण कोरिया ।

GKS KOREA ले प्रथम बुद्दीचाल प्रतियोगिता यहिं आउंदो अगस्ट ३१ तारिख का दिन गर्ने भएको छ ! “प्रवासमा नेपाली भाईचारा र बौद्दिक विकासमा पहल” भन्ने नाराका उक्त प्रतियोगिता गर्न लागेको आयोजक बाट जानकारि भएको छ! कोरियामा रहेका नेपालि समुदायमा बिगत समयहरुमा बिभिन्न दुर्घटनाहरु देखा परेको र मुख्य घटनाहरु मानसिक समस्याले नै भएकोले यस्ता प्रतियोगिताले कोरियामा रहेका नेपालि समुदायमा बौद्दिक विकास हुने र मानसिक समस्याबाट उत्पन्न हुने दुर्घटना केहि कम हुने पनि आयोजकको लक्ष रहेको छ! र कोरियामा नेपालि समुदाय बिच बुद्दिचाल प्रतियोगिता पहिलो पटक हुन लागेको छ ! GKS KOREA ले यस अघि पनि सन् २०२२ मा सबैभन्दा ठुलो घन राशिको प्रथम गिम्हे गोल्ड कप र र्यापर आशिस राना(लाहुरे) सहितको डान्स पार्टि पनि आयोजना गरिसकेको छ !

यसपटक फरक सोचका साथ कोरियामा रहेका नेपालि युवाहरुलाई बौद्दिक बिकास को हेतु राख्दै गर्न लागिएको यस प्रतियोगितामा सहभागिताको लागि सम्पुर्ण नेपालि समुदायमा आयोजक बाट हार्दिक आह्वान गरिएको छ!