काठमाडौं २४ साउन । ओप्सना फिल्मस् प्रा.लि.ले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको नोमिनेसन सार्वजनिक गरेको छ । राष्ट्रिय, लोक, डेउडा, आधुनिक, पप, चलचित्र, टेलिसियल, भाषा भाषीका गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले बताएका छन् ।
संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका अन्य क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ । साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीतसंगीत र अन्य क्षेत्रमा योगदान पुराईरहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिने बताइएको छ ।