नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छः सभामुख घिमिरे

आर्थिक समाचार

भक्तपुर, २४ साउनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा आज श्रावणी मेलाको २४औँ डोलेश्वर महादेवको पूजा एवं विमला गङ्गा आरतीमा सहभागी हँुदै सभामुख घिमिरेले डोलेश्वर हिन्दूहरूको आस्थाको धरोहर भएको बताउनुभयो । उहाँले नेपाललाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाएर विश्वभरका पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डोलेश्वर हिन्दूहरूको आस्थाको केन्द्र बन्दै गएकाले नेपालीमात्र नभई विदेशी पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो । उहाँले भारतीय पर्यटकको आगमन डोलेश्वरमा बढ्दै गएको बताउनुभयो ।

सभामुख देवराज घिमिरे र मन्त्री थापाले डोलेश्वरमा रहेको मानव सेवा आश्रमको अवलोकन गर्दै यहाँ आश्रित अनाथ नागरिकको अवस्था, लालानपालनबारे जानकारी लिनुभएको थियो ।