बिष्णु गुरुङ
कोरिया, गजेदो
हान्वा ओसन नेपाली एकता समाजको नवौं अधिवेशन–२०२५ सम्पन्न भएको छ। दोङ्मुन सिक्ताङको प्राङ्गणमा भएको अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नारायण शाही ठकुरीलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।
अध्यक्ष टेकनाथ बराल (मामा)को अध्यक्षता र प्रमुख अतिथि हान्वा ओसन पानीजहाज कम्पनीका नेपाली संयोजक तथा समाजका संरक्षक विष्णुप्रसाद घिमिरेको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रह्यो।

नवगठित कार्यसमिति
- अध्यक्ष — नारायण शाही ठकुरी
- उपाध्यक्ष — अमृत भुगाई, संजोग राई, राजेन्द्र तामाङ, दिपक अधिकारी
- सचिव — यादव प्रसाद लम्साल
- सह–सचिव — सितल पराजुली
- कोषाध्यक्ष — दिपक किरण रावत
- सह–कोषाध्यक्ष — मनोज बोहोरा
- सदस्यहरू — ललित तामाङ, हरि प्रसाद आचार्य, मन बहादुर थापा, देवेद्र अधिकारी, राज सेलिङ, नवराज बस्नेत, पशुपति तिमिल्सिना, प्रकाश कन्दङवा, गणेश रावत, बिमल केसि, पुष्पराज सुवेदी
अन्य विभागीय संरचना विधानअनुसार आगामी कार्यसमिति बैठकमार्फत पदपूर्ति गरिने जनाइएको छ।
समाजले अधिवेशन सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, संघ–संस्था, तथा शुभचिन्तकप्रति आभार प्रकट गरेको छ।
