सुन र चाँदीको मूल्य घट्यो

आर्थिक

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको छ । साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको छ । आईबारको बजारमा चाँदी दुई हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।