डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रूप लिइरहेको छ: श्रममन्त्री भण्डारी

मुख्य समाचार वैदेशिक रोजगार

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नवौँ पञ्चवर्षीय योजनादेखि सोचिएको डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रूप लिइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गद उनले यस्तो बताएका हुन् । यस कार्यमा विकास साझेदार एस.डि.सि., स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानको प्रशंसा गर्दै नागरिकलाई सेवा प्रवाह गर्न ‘मान्छे दौडिने नभई प्रणाली दौडिनु पर्ने’ पद्धतिको विकास हुन लागेको बताए ।

सीमित श्रोत र साधन हुँदा हुँदै पनि श्रम संसारको प्रयोगलाई व्यापकता दिइएको र अब उप्राप्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणालीलाई प्रविधिमा हुने जानकारी दिए । यस्तै मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा मन्त्रालयले नयाँ डिजिटल पद्धतिहरू थप्दै अघि बढिरहेको बताए ।

सचिव डा .पुष्करले समग्र श्रम चक्रलाई डिजिटलाइजेसन गर्न ब्लुप्रिन्टको प्रयोग गरी प्रणाली निर्माणको कार्यले थप गति लिने बताए । कार्यक्रमको अध्यक्षता गरेका सचिव डा.पुस्करले स्वीस कन्ट्याक्टबाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्ताबेजहरूको कार्यान्वयनबाट व्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रूपान्तरण हुन लागेको जानकारी दिए ।

श्रम चक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै सचिव डा. पुष्करले प्राथमिकता साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलिले लामो गृहकार्यपछि तयार भएको दस्ताबेजले समग्र श्रम क्षेत्रको समस्या समाधानको आधार बन्ने विश्वास व्यक्त गरेका छन् ।