काठमाडौं । हाम्रो समाजमा पुरूषका पीडाहरू प्राय बाहिर आउदैनन् । उनीहरूमा पनि पीडा हुन्छन् तर प्रायले लुकाउछन्, बाहिर ल्याउदैनन्, भित्रभित्रै गुम्स्याएर राख्छन् । नेपाली समाजमा एउटा ‘छोरा मान्छे भएर रूनु हुदैन’ भन्ने सोच छ । साच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्तमा स्थानमा बन्न पुगेको अवस्था छ । यस बिषयमा गीतकार नारायण खतिवडाको ‘मौनतामा पुरुष पनि’ गीतले गहिरो सन्देश दिएको छ । पुरूषले आँसु झार्ने ठाउसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ ‘कि त मनभित्र कित एकान्तमा !’
‘मौनतामा पुरुष पनि’ गीतमा समाजमा बढदै गएको देखासिकी, प्रविधिको सही सदुपयोग नहुनु र एकाङ्गी सोचले बनेका कतिपय कानूनले गर्दा पनि यस्तो अवस्था बढ्दै गएको विभिन्न तथ्यहरूलाई प्रस्तुत गरिएको छ । आजभोली धेरै पुरुषहरू पीडित हुँदै गएको अवस्था छ । यस्तो अवस्था भूषको आगो झै समाजमा भित्रभित्रै सल्कदै गएको छ । यस्तो अवस्थालाई समयमै सम्बोधन गरिएन भने कुनै दिन बोस्फोट हुने खतरा पनि बढ्दै गएको छ ।
गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा प्रवीण भेडवालको स्वर रहेको ‘मौनतामा पुरूष पनि कति रोएका होलान्’ गीत अन्तरास्ट्रिय डिजिट्ल प्लेट्फर्ममा नमस्ते नेपाल डिजिट्ल स्टूडियोबाट भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको मिक्सिङ्ग तथा मास्टरिङ क्रमशः मनोज सामसोङ राई तथा सुरेश राईले गरेका हुन् । सो गीत स्टूडियो किङ्गमा रेकर्ड गरिएको हो ।पुरुषहरुको आवाज सुन्ने र राख्ने सम्बन्धमा स्पष्ट निकाय तोकिएको छैन । प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येठ नागरिक हेर्ने छुटै निकाय छन् । तर पुरुषका लागि भनेर नतोकिएका हुँदा पुरूषहरू प्राय जानै चाहदैनन् । पुरूषहरू प्रताडित भएका धेरै घटनाहरू छन् त्यसको कारणमा बिषयवस्तुलाई हल्का रूपमा लिईनु, असमानयुक्त कानूनी प्रावधान तथा सस्थागत सयन्त्रको अभाव हुन् यसतर्फ कानून निर्माता तथा कार्यान्वयन निकाय र कानूनी उपचारको प्रावधानमा सुधार र परिमार्जन आवश्यक देखिन्छ ।
गीतमा भनिए झै कानूनको पालना हुदैमा सधै न्याय हुन्छ भन्ने निश्चित पनि हुदैन । वास्तबमा गीतले भनेजस्तै आजभोली कतिपय ब्यक्तिले कानूनको दुरूप्रयोग गरी स्वार्थ पूरा गर्नेतर्फ बढ्दै गएको अवस्था रहेको हुँदा कानूनहरूको समीक्षा गर्नुपर्ने बेला आएको छ, गीतले प्रष्ट पारेको छ । गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, गणेशकुमार ढकालको अभिनय रहेको छ । गीतको निर्देशन खतिवडा आफैले गरेका हुन् भने सम्पादन बिकाश धमलाको रहेको छ । भिडियोको कन्सेप्ट भने जगन्नाथ खतिवडाको रहेको छ । गीतकार खतिवडाका यस भन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तक समेत सार्वजनिक भएका छन् ।
