NRNA कोरियाको HELP DESK सेवाको सम्पुर्ण तयारी पुरा, उद्घाट्न अगस्ट १७ आइतबार हुने

कोरियाअपडेट

भावना कार्की

सौल दक्षिण कोरिया।
दक्षिण कोरियामा रहेका नेपाली श्रमिक र विद्यार्थीहरूलाई लक्षित गर्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC), दक्षिण कोरिया ले विशेष HELP DESK सेवा सुरु गर्न लागेको छ।

HELP DESK को औपचारिक उद्घाटन कार्यक्रम २०२५ अगस्ट १७ (आइतबार) दिउसो ४:०० बजेबाट ५:०० बजे सम्म सोलको 종로구 종로 ३०९, ४औं तल (창신동) ३ नम्बर गेट, 동대문 मा हुने भएको छ।

संघका महासचिव अजय सोडारीका अनुसार, यस HELP DESK मार्फत रोजगारीसम्बन्धी समस्या समाधान, कानुनी परामर्श, र अन्य आवश्यक सहयोग प्रदान गरिनेछ।

“For Nepali by Nepali” भन्ने नारासहित सुरु गरिएको यो पहलले दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्या समाधान र आपत्कालीन अवस्थाहरूमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमका आयोजकहरूले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो उद्घाटन समारोहमा उपस्थित भई नयाँ सेवाको सुरुवातमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

गैर आवासीय नेपाली संघ, दक्षिण कोरिया, विगतदेखि नै नेपाली समुदायको हितका लागि विभिन्न सामाजिक, सांस्कृतिक र सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो HELP DESK स्थापना त्यसैको अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ।