गायिका शेर्पाको ‘छम छम नाच्ने हो’ सार्वजनिक

मनोरन्जन
काठमाडौं २८ साउन । गायक कलाकारहरुले एकपछि अर्को तीज गीज डिजिटल बजारमा पस्कने क्रममा गायिका पेमा शेर्पा राईले ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ सार्वजनिक गरेकी छन् । गायिका शेर्पालाई निशा राई, पवित्रा गुरुङले स्वरमा साग दिएका छन् भने शब्द श्यामकुमार बानियाँ, संगीत ओम प्रकाश राईको रहेको छ । सञ्जु मोक्तान, मन्दिरा शिवाकोटी, अमिषा रिसाल, अनिता केसी, दुर्गा घिमिरे, कल्पना मगर, दिप्ती महत, कञ्चन गुरुङ, मञ्जिला शिव, अब्जिला चौधरी, राज रुम्बा, अन्जल शाहको अभिनय र नृत्य रहेको ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ को भिडियोमा छायांकन अरुण न्यौपाने, सम्पादन ओम प्रसाई, कोरियोग्राफी नवराज बस्नेत र निर्देशन ओमप्रकाश राईको रहेको छ ।
https://www.youtube.com/watch?v=nK2dq_KRt20