सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आर्थिक

काठमाडौं । नेपाली बजारमा बुधबार (साउन २८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एकलाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलाको २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुईहजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।