रवि पराजुली
सौल/दक्षिण कोरिया ।
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले तेह्रौं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। महाधिवेशनबाट देवी गौतम अध्यक्षमा निर्वाचित भएका छन्।
नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजन बोहोरा, उपाध्यक्षमा अनिल भट्टराई, कृष्ण कुमार श्रेष्ठ र सुमन थापा रहेका छन्। महिला उपाध्यक्षमा मिता गुरुङ निर्वाचित भएकी छन्।
त्यस्तै, महासचिवमा अशोक खड्का, सचिवमा अमिर पाण्डे र प्रदिप भट्टराई, कोषाध्यक्षमा सहदेब बनियाँ, सह–कोषाध्यक्षमा गुणराज सिर्मल, महिला संयोजकमा शिखा थापा र विद्यार्थी संयोजकमा तारानाथ लामिछाने चयन भएका छन्।
सदस्यतर्फ मुन मगर, अर्पण राना, मनोज रेग्मी, प्रेम पोख्रेल, काजी श्रेष्ठ, दिपेन कोइराला, शिखर लम्साल, पुष्प तामाङ, दिपजङ थापा र रमेश सेवा निर्वाचित भएका छन्।
यसअघि बाह्रौं कार्यसमितिको नेतृत्व गरेका अध्यक्ष दिपक श्रेष्ठसहित सम्पूर्ण टिमलाई संस्थाले सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गरेको छ।
नव निर्वाचित अध्यक्ष गौतमले संस्थालाई अझ सुदृढ, एकीकृत र सेवा–मुखी बनाउन कार्यसमिति प्रतिबद्ध रहने बताएका छन्।
