काठमाडौं । नेपाली बजारमा सोमबार (भदौ २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँ कायम छ । आइतबार (भदौ १) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
