३ वटै शाखाले संयुक्त रुपमा भब्य पिकनिक गरि किरात याक्थुङ चुम्लुङ कोरियाको २५औं वार्षिकोत्सव मनाउदैं

कोरियाअपडेट

रबि पराजुली

सौल/ दक्षिण कोरिया ।

किरात याक्थुङ चुम्लुङ (कि.या.चु) दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा “रजत जयन्ती विशेष भेटघाट तथा भव्य वनभोज कार्यक्रम–२०२५” आयोजना गर्ने भएको छ।

 

दक्षिण कोरियामा रहेका सउल, बुसान, जेजुदो र छल्लादो केन्द्रहरूको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रम सेप्टेम्बर ६ र ७ (शनिबार/आइतबार) का दिन, 충청남도 태안군 원북면 신두해변길 199 स्थित 하늘과바다사이해양리조트 मा हुनेछ।

सांस्कृतिक कार्यक्रम र खानपान

कार्यक्रममा याक्थुङ–लिम्बूहरूको मौलिक यालाङ–केलाङ नृत्य, संस्थागत छलफल, आपसी सासाक्षात्कारका साथै परम्परागत लिम्बू परिकारहरूको स्वाद लिन पाइनेछ। आयोजकका अनुसार यस अवसरले समुदायबीचको एकता र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा गरिएको छ।

यातायात सुविधाः

बस सुविधा सउल र सुवनबाट उपलब्ध हुनेछः
• सउल दोङदेमुन स्टेशन, गेट नं. २ बाट – ६ सेप्टेम्बर, साँझ ४:०० बजे
• सुवन स्टेशन, गेट नं. १३ (कसम रेष्टुरेन्ट अगाडि) – ६ सेप्टेम्बर, साँझ ५:०० बजे

सहभागिता शुल्कः
• पुरुष: ₩११०,०००
• महिला: ₩९०,०००
• कपल: ₩१८०,०००

(भुक्तानीका लागि बैंक: IBK, खाता नं. २२१४८११९१०२०१२, नाम: SAUDEN RAJAN)

सम्पर्क
• विनोद सौदेन (सउल): ०१०-७६१७-४९१५
• अर्जुन सुब्बा (बुसान): ०१०-५७२१-५२६०
• सुस्मा नाल्बो (जेजुदो): ०१०-५३२२-२७३२
• सन्देश ईजम (छल्लादो): ०१०-८११९-६३५१