गायिका पार्वतीलाई ‘पब्लीक च्वाईस्’ अवार्ड

मनोरन्जन
काठमाडौं । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपालको सहयोगार्थ बिशाल मुभिज प्रालिव्दारा आयोजित तेस्रो बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८२ मा बिभिन्न कलाकर्मी सम्मानित भएका छन् ।  गणतन्त्र नेपालका पहिलो महिला मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष तथा गायक सर्जक हुम गैरेको सभापतित्वमा चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा सम्पन्न कार्यक्रममा श्रष्टा, सर्जकहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका अवसरमा बिबिध साँस्कृतीक कार्यक्रम सहित तिज गीतसंग सम्बन्धीत १८ बिधाका करिब ३० जना कलाकारहरु र श्रष्टा, सर्जकलाई अवार्ड तथा सम्मान बितरण गरिएको थियो ।
कार्यक्रममा अवार्ड प्राप्त गर्नेहरु सर्बाेत्कृष्ट एकल तिज गीत गायिका शशी पुन ‘गाउन संगी’, सर्बोत्कृष्ट एकल तिज गीत गायिका ‘जुरी’ गीता सेञ्चुरी ‘दुई दिने जिबनमा’, सर्बाेत्कृष्ट तिज गीत नव गायिका ‘पब्लीक च्वाईु्’ पार्वती तिमल्सेना ‘हे बुढा’, सर्बोत्कृष्ट आधुनिक तिज गीत गायिका दुर्गा नेपाल ‘रे.रे.रे.’, सर्बाेत्कृष्ट आधुनिक तिज गीत गायिका ‘पपुलर’ सबिता परियार ‘कपुरी क खरायो ख’, सर्बोत्कृष्ट मौलिक तिज गीत ‘नव गायिका’ टिका आले मगर ‘यसपाली तिजमा’, सर्बोत्कृष्ट तिज गीत ‘निर्देशक’ प्रदिप कुमार रसाईली ‘आउन संगी’, सर्बोत्कृष्ट तिज गीत ‘मोडल पुरुष’ अभिषेक खड्का ‘नक्कले भेना’, सर्बोत्कृष्ट तिज गीत ‘मोडल महिला’ रबिना भण्डारी ‘झापाली कान्छी’ लगायतका रहेका छन् भने सम्मानित हुनेहरुमाः गायिका सिता थापा ‘दिर्घ साधना सम्मान’, चरित्र अभिनेत्री रष्मी भट्ट ‘दशक कलाकारीता सम्मान’, निर्देशक उमेश गुरुड ‘जुरी सम्मान’, मोडल निर्देशक बिजेन्द्र नौबागे ‘कलाकारीता सम्मान’, लोक गायिका सिमा थापा ‘लोक कलाकारीता सम्मान’, घनश्याम तिमल्सेना ‘पत्रकारीता सम्मान’ आदि रहेका छन् ।