यूके पठाउने भन्दै ४३ लाख ठगेको आरोपमा एक युवक पक्राउ

प्रशासन समाचार

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनी ईडीयू सर्च नेपालका सञ्चालक रहेको प्रहरीले बताएको छ । ८ जना युवाहरूबाट उनले ४३ लाख रुपैयँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।