काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी(२० सिरिजको आफ्नो अन्तिम लिग खेल खेलिरहेको नेपालले पाकिस्तान शाहीन्सबाट मध्यम लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाउँदै नेपाललाई १४५ रनको लक्ष्य दिएको हो ।
पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९(७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २(२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए । नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।

