जर्मन सरकारले गत वर्ष युक्रेनलाई गरेको सहयोगसहित १२.८ अर्ब युरो (१४.९ अर्ब अमेरिकी डलर) बराबरको हतियार निर्यात गर्न स्वीकृति दिएको जनाएको छ।
गत बर्ष युक्रेनका लागि आठ अर्ब १५ करोड युरो बराबरको रक्षा सामग्री स्वीकृत गरिएको थियो र यो जर्मनीको कुल उत्पादनको ६४ प्रतिशत हो ।
सन् २०२४ मा विभिन्न मुलुकमा आपूर्ति गरिएका सामानको मूल्य १३ अर्ब ३७ करोड युरो पुगेको थियो ।
जर्मनीले सबैगरी, लगभग ८६ प्रतिशत स्वीकृति युरोपेली सङ्घ, नेटो सदस्य राष्ट्रहरूका साथै यूक्रेन सिङ्गापुर र दक्षिण कोरियासहित पश्चिमी गठबन्धनका साझेदार देशमा गरेको छ ।
जर्मनी गत बर्ष ट्¥याक गरिएको र पाङ्ग्रा भएका सैन्य वाहनहरू उत्पादनहरूको सूचीमा शीर्ष स्थानमा थियो तर बम, बन्दूक, मिसाइल प्रणाली र युद्धपोतहरूको लागि पनि अर्डरहरू स्वीकृत गरिएको थियो।
जर्मन सरकारले पाकिस्तान, थाइल्याण्ड, मलेसियालगायत देशका ६२ वटा आवेदन अस्वीकृत गरेको थियो ।
युक्रेनका भाइस चान्सलर तथा अर्थमन्त्री लार्स क्लिङबेलले यसै साता संयुक्त राज्य अमेरिकापछि युक्रेनको सबैभन्दा ठूलो सैन्य समर्थक जर्मनीले सन् २०२५ र सन् २०२६ मा किएभलाई सहयोग गर्न नौ अर्ब युरो खर्च गर्ने योजना बनाएको बताउनुभएको थियो ।
“जबसम्म यो युद्ध जारी रहन्छ, हामी युक्रेनको पक्षमा उभिनेछौं, किनकि यो हाम्रो स्वतन्त्रता र हाम्रो सुरक्षाको बारेमा पनि हो,” उहाँले किएभको भ्रमणका क्रममा भन्नुभयो ।
सन् २०२३ मा पनि जर्मनीबाट युक्रेनमा सबैभन्दा बढी हतियार आपूर्ति गरेको थियो ।

