कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
सियोल (दक्षिण कोरिया) १२ सेप्टेम्बर २०२५ का दिन शक्रवार GEN-Z पुस्ताद्वारा सुरु गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियामा रहेका नेपाली युवाले धर्ना तथा दबाब कार्यक्रम गर्ने भएका छन्।
“हामी टाढा छौं तर आवाज एउटै छ, नेपालका युवासँग कोरियाली नेपालीको ऐक्यबद्धता” भन्ने नारासहितको कार्यक्रम आगामी १२ सेप्टेम्बर २०२५, शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सियोलस्थित नेपाली राजदूतावासको प्राङ्गणमा हुने तय भएको छ।
आयोजक समूहले नेपालमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, भ्रष्टाचारविरुद्ध संघर्षरत नेपाली युवाहरूसँग विदेशमा रहेका नेपालीहरूले पनि आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

“हामीले कार्यक्रम दक्षिण कोरियाको कानुनअनुसारै गर्न लागेका हौँ, सबै नेपाली दाजुभाइ दिदीबहिनीको उपस्थितिले यसलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ,” आयोजकले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन्।
कार्यक्रमको स्थान – नेपाली राजदूतावास, 서울특별시 성북구 선잠로2길 19, सियोल
