काठमाडौँ । वरिष्ठ सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
बैठकले पहिलो नम्बरमा घिमिरे, दोस्रो नम्बरमा शिक्षा सेवाका कृष्ण काप्री र तेस्रो नम्बरमा वैकुण्ठ अर्यालको नाम सिफारिस गरेको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा ज्येष्ठताको आधारमा पहिलो नम्बरमा सिफारिस भएका घिमिरे सचिव भएका हुन् । उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।
