भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण क्षति पुगेका सम्पत्तिको बीमा माग दाबी करिब ३० अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरूमा परेको दाबी करिव ३० अर्ब पुगेको हो । सो आन्दोलनमा ठूलो जनधनको क्षति भएको छ । निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी भएको छ । जसकारण निर्जीवन बीमा तथा रि–इन्स्योरेन्स कम्पनीलाई अर्बौंको दायित्व पर्ने सक्ने अनुमान गरिएको छ । आन्दोलनमा भएको क्षतिको मुल्यांकन भइनसकेको प्राधिकरणले बताएको छ । सो दर भन्दा थप माग दाबी पर्न सक्ने प्राधिकरणको भनाई छ ।
