प्रहरीका ९० डीएसपीको सरुवा, काठमाडौंका वृत्त प्रमुख पनि फेरिए

प्रशासन समाचार

नेपाल प्रहरीका ९० नायव उपरीक्षकहरुको सरुवा भएको छ र प्रहरी प्रधान कार्यालयले बुधबार राति सूचना जारी गरेको छ।
काठमाडौंका प्रहरी वृत्तहरुमा मोहनमणि अधिकारी, प्रकाश श्रीमल, धनबहादुर बोहरालगायतलाई नयाँ जिम्मेवारी दिइएको छ।
जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा गरिएको छ।

नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो ।

सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा गरिएको छ । प्रहरी वृत्त स्वम्भूमा मोहनमणि अधिकारीलाई पठाइएको छ ।

प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमललाई पठाइएको छ । प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई पठाइएको छ ।

वृत्त बौद्धमा सन्तोष रोकालाई पठाइएको छ । वृत्त सिंहदरबारमा जनार्दन घिमिरेलाई खटाइएको छ । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई पठाइएको छ ।