विजया दशमीको अवसरमा काठमाडौं रेष्टुरेन्टले गर्ने पुल प्रतियोगिताको तयारी पुरा

कोरियाअपडेट

सोमित अधिकारी

आनसङ (दक्षिण कोरिया)

विजया दशमीको अवसरमा काठमाडौं रेष्टुरेन्टले “Happy Dashain Pool Tournament” आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी सेप्टेम्बर २८, आइतबार काठमाडौं रेष्टुरेन्ट, आनसङ (경기도 안성시 중앙로362번길 17) मा हुनेछ।

प्रतियोगितामा विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

•प्रथम हुनेलाई १६ लाख वोन

•दोस्रो हुनेलाई ९ लाख वोन

•तेस्रो हुनेलाई ३ लाख वोन

•चौथो हुनेलाई २ लाख वोन

सहभागी हुन इच्छुकहरूले ९० हजार वोन प्रवेश शुल्क तिर्नुपर्नेछ।

अधिक जानकारीका लागि तलका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछः

•मञ्जु थापा: 01048866649

•विनोद गुरुङ: 01027394480

•शेर पुन: 01033320276

•बिकाल भुजेल: 01039221700

आयोजकहरूले इच्छुक सहभागीहरूलाई छिट्टै नाम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्। साथै, यो कार्यक्रमको जानकारी आफ्ना साथी तथा समुदायमा साझा गरिदिन पनि अनुरोध गरिएको छ।