रास्वपाको केन्द्रीय समितिको बैठक जारी

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको हो । जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै सुरु भएको बैठकमा पार्टीको महाधिवेशनसहितका विषयमा नेताहरू बोल्दैछन् । केन्द्रीय समिति बैठकमा ७ वटा कार्यसूची रहेका छन् । पहिलो समसामयिक अवस्था र बैठकबारे छ । दोस्रोमा प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गर्ने, तेस्रोमा परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा राख्ने छ । चौथोमा पार्टी संगठन एवं विभाग सम्बन्धमा छलफल गर्ने रहेको छ भने पाचौं कार्यसूचीमा  आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । छैठौं कार्यसूचीमा पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा छलफल गर्ने र सातौंमा विविध विषय रहेका छन् ।