काठमाडौं । गायक एवं संगीतकार सन्तोष प्रगाढ राईको स्वर एवं संगीत रहेको ‘ओई कमला’ बोलको रमाइलो फन्नी गीत युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त भिडियो राईको अफिसियल सन्तोष एसएन यु ट्य्ब च्यानलमा हेर्न सकिन्छ । काजु शिवाकोटीको निर्माणमा बनेको उक्त गीतको म्युजिक भिडियो सुरेर गजमेरले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा दिब्या बयलकोटी र गायक सन्तोष प्रगाढ राईकै मुख्य अभिनय रहेको छ ।
