रवि पराजुली
सियोल (दक्षिण कोरिया)
– खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले टियस राईलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि सम्पूर्ण कार्यसमिति गठन गरेको छ।
नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि कुमार खड्का, उपाध्यक्षहरूमा फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा र काशी निरौला निर्वाचित भएका छन्। त्यसैगरी, महासचिवमा कला राई, सचिवमा सुरज लिम्बु र कोषाध्यक्षमा अनिला राई चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई र रोशन राई रहेका छन्।
अधिवेशनमा निवर्तमान अध्यक्ष सुष्मा रानाहँमा राईको नेतृत्वमा कार्यसमितिले प्रस्तुत गरेको प्रतिवेदनको प्रशंसा गर्दै संस्थाको प्रगतिको शुभकामना व्यक्त गरिएको थियो।

नयाँ अध्यक्ष टियस राईले खोटाङ सेवा समाजलाई अझ मजबुत बनाउन तथा दक्षिण कोरियामा रहेका नेपालीहरूको हितमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
