आदिवासी जनजाति महासंघ किम्हे–बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई

कोरियाअपडेट

सोमित अधिकारी 

किम्हे, दक्षिण कोरिया ।

सेप्टेम्बर 28, आइतबारका दिन आदिवासी जनजाति महासंघ किम्हे–बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जय राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः

  • अध्यक्ष – जय राई
  • वरिष्ठ उपाध्यक्ष – आकाश घिसिङ
  • उपाध्यक्ष – बिकास राई
  • महासचिव – तुफान थापामगर
  • सचिव – राम माझी
  • कोषाध्यक्ष – नितेश नेम्बाङ

त्यसैगरी सदस्यमा रोजिना मगर, रेशम गुरुङ र विमेश गुरुङ चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष जय राईले कार्यसमिति सबैको सहकार्य र एकताका साथ संस्थालाई अझ मजबुत बनाउन प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

अधिवेशनमा सहभागीहरूले नयाँ नेतृत्वलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।