भावना कार्की
सिओल, दक्षिण कोरिया।
काभ्रे सम्पर्क समिती, दक्षिण कोरियाले आफ्नो आठौं अधिवेशन आगामी अक्टोबर ४, २०२५ शनिबारका दिन आयोजना गर्ने भएको छ। अधिवेशन सिओलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजे सुरु हुने जनाएको छ।
सन् २०११ मा स्थापना भएको समितीले कोरियामा रहेका काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकजुट गर्दै प्रवासी जीवनका दुःखसुखमा साथ दिँदै आएको छ। साथै, गैरकाभ्रेली नेपाली र कोरियामा रहेका अन्य संघ–संस्थासँग समेत सहकार्य गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको समितीले जनाएको छ।
अधिवेशनमार्फत संस्थाको नयाँ नेतृत्व चयन गर्ने र आगामी कार्यकालका गतिविधि तथा कार्यदिशा तय गर्ने तयारी भएको समितीका पदाधिकारीले बताएका छन्। कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण काभ्रेली समुदायसँगै आम नेपालीहरुको उपस्थितिका लागि समितीले हार्दिक निमन्त्रणा गरेको छ।

सम्पर्क नम्बरहरू:
०१०-७३४२-९४५८, ०१०-३००८-६५६७, ०१०-४८८८-२०४३, ०१०-९६६९-५२२४, ०१०-५९६४-१७२९
