पटकपटक धोका खादापनि विश्वास गर्ने कति सोझा सिधा नेपालि

कोरियाअपडेट विचार/अन्तर्वार्ता

-बिजय लामिछाने 

सौल/ दक्षिण कोरिया ।

नेपालको राजनीतिक मा सामन्य उथलपुथल भइरहन्छन्। कुनै उथलपुथल राजनितिक सत्ताको स्वार्थको लागि हुन्छन् त कोहि साच्चिकै परिवर्तनका लागि हुन्छन्। साच्चिकै जनता लागि भएका आन्दोलनले जनतालाइ आफ्नो अधिकार प्राप्ति गराउछ ।

 

इतिहास हेर्ने हो भने २००७ सालको आन्दोलन बाहेक सम्पुर्ण आन्दोलन जनताको पक्षमा भन्दा पनि नेताहरुको स्वार्थ मा जोडिएको रहेछ भन्ने कुरा उपलब्धि पछि भएको दलको सत्ता सङ्घर्ष ले बताउछ ।

२००७ सालको क्रान्तिको नेतृत्व गरेका विपि कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर हरुले राणाको तानशाह विरुद्ध राजासँग मिलेर आन्दोलन मा होमिए र सफल भए। यिनिहरु सबै उ बेलाका युवा थिए उनिहरु संग राजनीतिक चेतना थियो युवामा साच्चिकै राजनितिक चेतना भयो भने कसरि परिवर्तन गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि हो २००७ सालको आन्दोलन।।
यसपछि पनि आन्दोलन नभएका हैनन । २०२८ को झापा विद्रोह,२०४६ सालको आन्दोलन वा २०६२/६३ को आन्दोलन। यि आन्दोलन मा जनता मारिए,कयौ घाइते भए केहि थान नेताहरु पनि जन्मिए। ति सबै तिनै अग्रजहरुले पाएको मानसम्मान र रचेको इतिहासबाट प्रभावित भएर आफुहरु नेता बने तर १/२ बाहेक कोहि पनि नेता देश र जनताप्रति उत्तरदायी हुनुको साटो आफ्नो स्वार्थ पुर्ति गरि सत्ताकेन्द्रित भए। परिणामस्वरूप देशमा अस्थिरता बढ्यो, भ्रष्टाचार बढ्यो देशमा अमनचयन कायम भएन । सबै दल र जनता लाइ ठुलो धोका भयो।

२०५५ देखि २०६४ सम्म देशले ठुलो जनधनको क्षेति बेहोर्नु पर्यो। राजा गुमाउनु पर्यो । देश मा ठुला ठुला संरचना हरु ध्वस्त पारियो। कथित युद्धलाइ जनयुद्ध भनिर हामि जनतालाइ झुक्याइयो। निर्दोष जनताको बलि चढाइयो, हाम्रो धार्मिक सम्पदाहरू मन्दिर, गुम्बा ,पुराना सस्कृति समेटिएका दरबार हरु खोजि खोजि ध्वस्त बनाइयो र भनियो युद्दमा सबै सामान्य हो क्षति हुन्छ। तर क्रिसियनका चर्च बचाएर नेपालका हिन्दू, बौद्ध, किरात हरुका सम्पदा माथि खोजी खोजि बमले उडाउनु के संयोग थियो त ! त्यो शासन व्यवस्थासंगको लडाइ थियो भने ति सम्पदाहरू के के दोष। यि र यस्तै कुराहरुको भ्रममा पारि हामिलाई गुमराहमा राख्ने कोसिस गरियो। नेतृत्वमा समावेशी समानुपातिक भनियो तर जो पहुँचवाला छन उनिहरु नै हाबि भए। महिलालाइ ३३% भनेर आफ्ना श्रीमती ,छोरि ,बुहारिलाइ ल्याइयो, दलित जनजाति को भनेर जसले आफ्नो पाउमोलाइ गर्छ उसलाइ मात्र अगाडि ल्याइयो। अझै पनि केहि कथित जनयुद्धवादि हरु भन्छन यो हाम्ले गर्दा भएको हो । मानिसहरु यतिसम्म लज्जास्पद अनुहार कसरि देखाउछन। नत यिनिहरुले संविधान बनाए न त स्थिरता नै ल्याए । क्यानटोनम्यामा अर्बौ रुपैयाँ घोटाला गरेर सातौ पुस्तासम्म आर्थिक रुपमा सम्पन्न बनाए। पुराना दलले बर्षौ लगाएर गरेको भ्रष्टाचार यिनिहरु ले केहि महिनामै गरेर पुराना भन्दा अब्बल साबित गरे तेसैको परिणामस्वरूप हो यो जेनजि आन्दोलन।

२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनबाट शुसिल कोइराला को नेतृत्वमा सरकार बनेपछि २०७२ सालमा संविधान जारी भयो । संविधान मा स्थायि सरकार भनेर दुई बर्ष सम्म अविस्वासको प्रस्ताव ल्याउन नपाइने भनेर व्यवस्था त गरियो तर निर्वाचन प्रणालि यस्तो बनाइयो कि फेरि ९ उहि पुरानो पद्धति दोहोरियो। फलस्वरूप पाटिहरु देश र जनताको लागि भन्दा आफ्नो स्वार्थ को लागि देशलाइ खाडलतिर धकेलिरहे। काङ्ग्रेस, एमाले र माओवादी का तिन नेता। शेर बहादुर देउवा,केपि ओली र प्रचण्ड ले पालैपालो सरकार मा गएर देश र जनताको सार्वभौम अस्मितामाथि पटक पटक खेलवाड गरे । जनताहरु मुखदर्शक बने अनि कार्यकर्ता हरु दास बनिरहे। देशमा पहिले भन्दा चार गुणा भ्रष्टाचार बढ्यो भने अस्थिरता अन बढिरहयो। त्यसपछि २०७४ सालमा नेपालमा कथित कम्नियुष्टहरु एक भयौ भनेर जनतालाई फेरि भ्रम छरियो। हामिले अब त होला देशले निकास पाउला , स्थिरता कायम होला भ्रष्टाचार रोकिएला भनेर पत्यायौ। कथित कम्नियुष्टहरु लाइ पत्याउदै सरकार बनाउने स्पष्ट बहुमत दियौ। तर उहि पुरानो रोग पाटि फुटाएर फेरि पुरानै खेल। वाक्कदिक्क लागेका जनताहरुलाइ पटकपटक धोका दिइयो।

त्यसपछि २०७९ को चुनावमा पनि मोटामोटी पुरानो पाटि हरु नै अग्रपंक्तिमा आए भने छ महिना अघि खोलिएको राष्ट्रिय स्वतन्त्र पाटि चौथो भएर एकाएक चर्चामा आयो । पुराना दल भन्दा नि नेताबाट बाट वाक्क भएका जनताले तिनै पुराना पाटि हरुबाट गएका नेताहरु हुदा पनि जिताएर बैकल्पिकको रुपमा उदयमान शक्ति बनाए । तर बिडम्बना निर्वाचन पछिको सरकार बन्ने बेला नो नट अगेन भनेको पाटिले तिनै भ्रष्टाचारी लाइ बोकेर २ पटक सरकार मा गयो । जनताले फेरी धोका पाए। नया भनेको पाटि जनताको मुद्दा विर्सेर आफ्नो नेताको गल्ती बचाउमा लागे। जनताहरु पुर्णरुपमा निराश भए पुराना नेताबाट वाक्कदिक्क जनता नया पाटिले आफ्नो मुद्दा बिर्सेपछि जनता पुर्णरुपमा जागरुक भएर । जेनजि आन्दोलन सुरु गरे र सफल भए ।
अब हामिले बुझ्ने कुरा के हो भने हामि जनतालाइ पटकपटक झुक्याएर सत्तामा गएपछि बिर्सने यि पुराना नेताहरुले देशलाइ खाडलतिर धकेलिरहे। अब पनि आफ्नो क्षेत्र ,छिमेकि, भेगिय ,पाटिगत कुनै नहेरि । राजनैतिक चेतना भएको , आलोचनात्मक चेतना भएको व्याक्तीले मात्र देशलाइ राजनितिक निकास दिने भएकाले हामि कसैको अन्धभक्ति मा रमाएर भन्दा स्वविवेकले नेता छान्न सकेनौ भने फेरि धोका पाउने छौ।