सोमित अधिकारी
सौल/ दक्षिण कोरिया ।
२०२५ अक्टोबर ४, शनिबार का दिन दक्षिण कोरियाको नामस्टे रेस्टुरेन्टको सभाहलमा सम्पन्न काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशनबाट सुष्मा थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ। अधिवेशनले नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
निर्वाचित नयाँ कार्यसमितिमा सुष्मा थापा अध्यक्षमा चयन भएकी छन्। वरिष्ठ उपाध्यक्षमा हिमाल स्याङ्तान तामाङ, उपाध्यक्षहरूमा नारायण घिमिरे र सुजन सापकोटा निर्वाचित भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी सबिना तामाङ (सयरा तामाङ)ले सम्हाल्नेछिन्।
त्यसैगरी, सचिवमा राजेन्द्र प्रधान, सह–सचिवमा राजेन्द्र लोप्चन, कोषाध्यक्षमा सन्दिप थिङ र सह–कोषाध्यक्षमा निकिता थापा चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा सागर तामाङ, भिमसेन वाइवा, सुरज काफ्ले, सुमन पराजुली, दिपेश लामा र प्रितम लामा रहेका छन्।
कार्यक्रममा सहभागी अतिथिहरूले नव–निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको एकता, सहकार्य र सामाजिक योगदानका लागि शुभकामना व्यक्त गरेका थिए।
