काठमाडौँ, ८ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय अस्थायी रूपमा पाल टाँगेर नियमित रुपमा सञ्चालन गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी गरेपछि त्यहाँका अधिकांश कागजात, फर्निचर र संरचना जलेका थिए । त्यसपछि पार्टी केन्द्रीय कार्यालयको नियमित काम प्रभावित भएको थियो ।
आगजनीबाट कार्यालय जले पनि अस्थायी रूपमा पाल टाँगेर नियमित रूपमा कार्यालय सञ्चालन गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।
