काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहेङ्फेकाे भूमिकामाथि प्रश्न खडा गरेकाे छ । अध्यक्ष विपिन कुमार गुरुङद्वारा जारी विज्ञप्तिमा राजदूत तुम्बाहेङ्फेले अभिभावकीय भूमिकाबाट विचलित भएकाे भनि प्रेस विज्ञाप्ति जारी गरेकाे हाे ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट शेष घलेको नेतृत्वमा सम्पन्न भएकाे एकता महाधिवेशनलाई आधिकारिक मान्यता प्रदान भइसकेको र सो सम्बन्धी पत्र दूतावासमा समेत पुगेको स्पष्ट प्रमाण रहेकाे भएतापनि पछिल्ला गतिविधिहरूले प्रवासी नेपाली समुदायमा निराशा र शंका उत्पन्न भएकाे भन्दै एनआरएनए दक्षिण कोरियाले राजदूतमाथि अभिभावकीय भूमिकाबाट विचलित भई पक्षधर जस्तो व्यवहार गरेको आरोप लगाएको छ।
