० कल्पना पाण्डे, नेतृ रास्वपा
लुम्बिनी प्रदेशको राजनीतिमा तत्कालीन समयमा निर्णायक बिधायकको रूपमा राजपाको एकल बिधायक तथा तत्कालीन शंकर पोखरेलको मुख्यमन्त्री कालमा एकमात्र महिला मन्त्रीको रूपमा क्याविनेटमा समेटिनु भएकी युवानेतृ, तत्कालीन शिक्षा तथा सामाजिक बिकासमन्त्री एवं उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री कल्पना पाण्डे हालसालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । नव प्रवेशिका पाण्डेलाई रास्वपाले केन्द्रीय महिला बिभाग सदस्य नियुक्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुको कारण, जेन्जी आन्दोलन लगायतको बिषयमा नेतृ कल्पना पाण्डेसंग गरिएको समसामयिक कुराकानीः
० तपाईं लुम्बिनी प्रदेशको संसद सदस्य तथा शिक्षा तथा सामाजिक र उद्योग, वन तथा वातावरण मन्त्रालयको पूर्व मन्त्री हुनुहुन्थ्यो । के कारणले एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो ?
राजनीतिमा जनभावनाको कदर हुनुपर्दछ । नेपाली जनताको चाहना नै मेरो चाहना हो । जनादेश नै मेरो कर्तब्य हो । नेपाली जनताको हरेक चाहनाको निराकरण राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न सक्छ भन्ने बिश्वासको साथ म यस पार्टीमा समाबेश भएको हुँ । आजको सभ्य राजनीतिमा परिवर्तन र नवाचार आवश्यक छ । त्यसका लागि मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय गरें । यो पार्टी युवा र उर्जावान कार्यकर्ताका लागि एक सही प्लेटफर्म हो, जहाँ म मेरो दृष्टिकोण र विचारलाई व्यावहारिक बनाउन सक्छु । जनताको हर दुःख सुखमा सारथी बन्न सक्छु । यो पार्टी नै आजको जनताको भबिश्य हो । यो पार्टीमा जनताको लहर चलेको छ । यो देशको भाग्य र भबिश्य यहि पार्टीको जिम्मेवारीमा छ यसकारण म यो पार्टीमा छु ।
० राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य पार्टीमा के फरक छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी एक नयाँ दृष्टिकोण र युवा नेतृत्वको प्रतिनिधित्व गर्छ । यो पार्टी पारंपरिक विचारधाराको चक्रमा छैन । हामी जनताको मुद्दाहरूलाई प्राथमिकता दिन्छौं र विकासको लागि अनेकन उपायहरू प्रस्तुत गछौं, हाम्रो पार्टीले यो देशको अग्रगमनको नेतृत्व गरेको छ । जनताको मन मन्दिरमा यो पार्टी पुगेको छ । सबै दलहरू भ्रष्टाचार, अनाचार, व्यक्तिगत स्वार्थमा निलिप्त भएका छन् । हाम्रो पार्टीको नेता देखि कार्यकर्ता सम्ममा यो देशको बिकासको सपना बोकेर राष्ट्र निर्माणको अभियानमा अगाडि बढेका छन् । सबै नेपाली जनताको चाहना छ पुरानो पार्टीहरूलाई हेरियो वारम्वार राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकल सरकार बनाउने गरि जिताउने हो एकबार भन्ने चाहना छ । त्यसैलाई मुर्तरुप दिनको लागि हाम्रा नेता कार्यकर्ता लागेका छौ ।
० तपाई मन्त्री भैसकेको र केन्द्रीय सदस्य भैसकेको मान्छेलाई पार्टीको महिला बिभागको सदस्यमात्रै बनाएको देखियो ? तपाईंको मातहतमा बसेर हिजो काम गरेको साथीहरूलाई बिभिन्न बिभागको संयोजक, सहसंयोजक बनाएको पनि देखियो । कतै तपाईंलाई रास्वपाले नजर अन्दाज गर्यो, उपयुुक्त जिम्मेवारी दिएन भनेर लुम्बिनी प्रदेशमा चर्चा परिचर्चा भएको छ यस बिषयमा के भन्नुहुन्छ ?
मैले कहिल्यै पदलाई महत्वपूर्ण ठानिन काम गर्नका लागि जहाँ बसेर गरेपनि हुन्छ । म जनताको शाषक होईन सेवक बनेर काम गर्ने मान्छे हुँ । मैले पार्टीसंग बार्गेनिङ गरेर पदसंग सौदावाजी गरेको हैन । पार्टीले जुन जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी मैले आफ्नो योग्यता र क्षमताले भ्याएसम्म ईमानदार साथ गर्ने हो । म त्यो गर्ने छु । पार्टीले मलाई यो जिम्मेवारी दिदा सोचबिचार गरेर नै दिएको होला । अरूले के गरे त्यो मैले जान्ने कुरा भएन । पार्टीले न्यायसंगत तवरले कार्य गर्नुपर्ने छ र गर्छ भन्ने मेरो बिश्वास हो । मेरो इतिहास हेर्नुभयो भने तपाईंहरूलाई घाम जत्तिकै छर्लङ्ग हुन्छ । म व्यक्तिगत स्वार्थ भन्दा माथी बसेर जनताको हित जनताको जीवन परिवर्तनको लागि योगदान गरेको छु ।
० तपाईं पार्टीका सभापति सहकारी ठगीमा जेलमा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईं जस्तो लोकप्रिय छवि भएको नेतृ यस्तो पार्टीमा किन प्रवेश गर्नुभयो ?
राजनीतिक नेतृत्वका विविधताहरू हुन्छन् । मलाई थाहा छ मेरो पार्टी सभापति माथि राजनैतिक प्रतिशोध भएको छ । उहाँ निर्दोष हुनुहुन्छ, उहाँलाई पुराना राजनैतिक दलहरूले षड्यन्त्रपूर्ण तरिकाले फसाएका छन् । अदालतमा बिचाराधिन मुद्दामा म धेरै भन्न चाहन्न मलाई बिश्वास छ उहाँ अदालतबाट न्याय पाउनुहुनेछ निर्दोष सावित भएर निकट भविष्यमा नै बाहिर निस्किनु हुनेछ । हामीले हाम्रो पार्टी सभापतिको न्यायको लागि निरन्तर खवरदारी गर्नुपर्छ । हामीले मान्नुपर्छ, यो एक चुनौती हो, तर पार्टीको तात्विकता र जनतासँगको सम्बन्ध महत्वपूर्ण छ । मेरा लागि पार्टीका नीतिहरू र प्राथमिकताहरू महत्वपूर्ण छन्, म यस पार्टीको बिचार, सिद्धान्त र जनता प्रतिको जिम्मेवारीबोधको कारण यस पार्टीमा आवध्द भएको हो । यो संमृध नेपाल निर्माणको एक हजारौं माईलको यात्राको पहिलो पाहिला हो ।
० तपाईंको विचारमा जेन्जी आन्दोलनको औचित्यता के छ र यस सम्बन्धमा तपाईंको पार्टीको के धरणा छ ?
जेन्जी आन्दोलन एक महत्वपूर्ण सामाजिक परिवर्तनको संकेत हो । यो युवा पिंढीको आवाज हो, जसले आफ्नो हक र अवसरका लागि लडिरहेका छन् । यो पुरानो दलहरूले गरेको नजरअन्दाज र जनता प्रतिको गद्दारीको प्रतिरोध हो । राष्ट्रिय स्वतन्त्र पार्टी युवाहरूको ढुकढुकी हो । जेन्जी आन्दोलनको भावना अनुसार वर्तमान सरकारले काम गरोस् । यस सरकारले निर्ममताको साथ कदम चाल्न सक्नुपर्छ । आन्दोलनमा उठेका मागहरूलाई सम्वोधन गर्दै राष्ट्र निर्माणमा युवाको सक्रियता र सहभागितालाई महत्व दिनुपर्छ । हाम्रो पार्टी युवाहरूको मागको छिटोभन्दा छिटो सुनुवाई हुनुपर्छ भन्ने पक्षमा छ ।
० राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी जनताका मुद्दा सम्बोधन गर्न सक्छ ?
हामी सुनिश्चित गर्नेछौं कि जनताको मुद्दाहरू निर्णय प्रक्रियामा समावेश गरिनुपर्छ । जनताको चाहना अनुसार नै कार्य हुनुपर्दछ । हाम्रो लक्ष्यमाथि जनहितका परियोजनाहरूको कार्यान्वयन
