नेपाल वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

प्रशासन समाचार

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेवानि)मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज दरखास्त आह्वान गरेको छ ।

समितिले आज एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पद पूर्ति गर्नको लागि महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवार, काठमाडौँमा दरखास्त दिन सक्नेछन् ।

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।