भावना कार्की
सौल, दक्षिण कोरिया ।
राजधानी सौलस्थित दोङ्देमुनमा सम्पन्न नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२ औँ महाधिवेशनले राजकुमार स्याङ्तानलाई पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिको घोषणा हुँदै कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

घेदुङको नेतृत्वमा पुनः जिम्मेवारी पाएका अध्यक्ष स्याङ्तान सहित सम्पूर्ण पदाधिकारीहरूलाई विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा उपस्थित तामाङ समुदायले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
नव–निर्वाचित कार्यसमिति
अध्यक्ष:
- राजकुमार स्याङ्तान
वरिष्ठ उपाध्यक्ष:
- दावा फिन्जो तामाङ
उपाध्यक्षहरू:
- नुर्बु तामाङ
- आशिष् मोक्तान तामाङ
- त्रिचन्द्र तामाङ
महिला उपाध्यक्ष:
- सुनिता ब्लोन तामाङ
महासचिव:
- अबिशेक थिङ तामाङ
सचिवहरू:
- सरस्वती तामाङ
- राजेन्द्र लोप्चन
- सागर तामाङ
कोषाध्यक्ष:
- अञ्जली तामाङ
सह–कोषाध्यक्ष:
- विस्लेष तामाङ
सदस्यहरू:
- सुमन तामाङ
- एन्सिना ग्लान तामाङ
- सुवास तामाङ
- सुब्बा सिङ मोक्तान
- सुनिल बोम्जन
महाधिवेशनमा संस्थाको विगतका गतिविधि, आगामी योजना तथा समुदायमा पहुँच विस्तार लगायतका विषयमा व्यापक छलफल भएको थियो। नयाँ कार्यसमितिले दक्षिण कोरियामा रहेका तामाङ समुदायलाई एकीकृत गर्दै भाषा, संस्कृति र पहिचान संरक्षणमा थप प्रभावकारी कार्यक्रमहरू अघि सार्ने प्रतिबद्धता जनाएको छ।
