काठमाडौँ, १२ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसार्इंबीच आज वार्ता भएको छ ।मा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसार्इंले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरी छलफल गर्ने सहमति भएको छ ।”
संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विष्यामा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताउनुभयो ।

