नुवाकाेट । प्रथम पञ्चकन्या गाउँपालिका खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २५ स्वर्णसहित शोणितपुर डोजाङ टिम च्याम्पियन भएकाे छ । दुई दिनसम्म चलेको प्रतियोगितामा देशभरबाट २० भन्दा बढी टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो । जसमा शाेणितपुर डाेजाङ टिम च्याम्पियन भएकाे हाे । नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या गाउँपालिका खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियाे ।
प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै २५ स्वर्ण, ६ कास्य र ५ अन्य पदकसहित फाइट (Kyorugi) विधामा टिम च्याम्पियन बन्न सफल भयो भने टिम दोस्रो र टिम चितवन तेस्रो भयो। खेलाडीहरूको दमदार प्रदर्शन, प्राविधिक कौशल र उच्च मनोबलले टिमलाई टप स्थानमा पुर्याएको प्रशिक्षकहरूले बताएका छन्।
यस्तै, पुम्से विधातर्फ शोणितपुरले उल्लेखनीय प्रदर्शन गर्दै ९ स्वर्ण, २ रजत र २ कास्य सहित तृतीय स्थान हासिल गर्यो। पुम्सेमा देखाइएको समन्वय, शारीरिक सन्तुलन र सशक्त प्रस्तुतीकरणले निर्णायकहरू प्रभावित बने।

प्रतियोगितामा शोणितपुर डोजाङकी खेलाडी सेलि गुरुङलाई उत्कृष्ट प्रदर्शनका आधारमा उत्कृष्ट महिला फाइटर घोषणा गरियो।
आयोजकहरूको अनुसार, यस प्रतियोगिताले स्थानीय खेल क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै युवा प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
ग्याराेगी (Fight) विधामा प्रथम हुनेलाइ रु १,००,०००, द्वितीय हुनेलाइ रु ५०,००० र तृतीय हुनेलाइ रु २५,००० प्रदान गरिएकाे छ । पुम्से (Poomsae) विधा प्रथमलाइ रु २०,०००, द्वितीयलाइ रु १५,००० र तृतीयलाइ रु १०,००० दिइएकाे थियाे ।
