काठमाडौं, १४ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ ।
प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पु¥याउन नसकेपछि समस्या आएको हो ।
नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
आज बस्ने बैठकले सकेसम्म एक जनाको, त्यसमा पनि नसके तीन जनाको र त्यसमा पनि विवाद भए १८ जनाकै नाम सिफारिश गरेर पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवार सिफारिश गर्न दिलीप प्रजापति, सोम मिश्र, बचन देउजा र डिपी ढकाललाई जिम्मेवारी दिए पनि नाम टुङ्ग्याउन नसकेको उहाँको भनाइ छ ।
