ईश्वर पोखरेल प्यानलबाट २ जना मात्रै विजयी

राजनीति समाचार

नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम आएको छ। अध्यक्षमा केपी शर्मा ओली र अधिकांश पदाधिकारी ओली पक्षकै उम्मेदवार जितेका छन्। १९ पदाधिकारीमध्ये २ जनाबाहेक सबै ओली पक्षका जितेका हुन्। उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई जितेका छन्। उनीहरू ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार थिए। पोखरेल भने अध्यक्षमा ओलीसँग पराजित भए। उपाध्यक्षमा गोकर्णले १३६८ मत प्राप्त गरे भने भट्टराईले १३४८ मत प्राप्त गरेका हुन्। एमालेमा एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव पदाधिकारी छन्।