सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

मुख्य समाचार समाचार

काठमाडौं । सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ । ‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै  मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरूले प्रदर्शनको क्रममा सर्वपक्षीय सरकार गठनको माग राखेका थिए । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा पनि लिएको थियो । यसअघि ढुंगानासहितका युवाहरूले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए ।

तर प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमति विना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनमा सहभागी आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेको थियो । उक्त समूह अहिले पनि प्रदर्शन जारी राखेको छ । प्रदर्शनकारी अहिले माइतीघरमा भेला भएका छन् ।