सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

मुख्य समाचार राजनीति

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ ।

यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।