गुरु केदार बराल ओखलढुंगा विपद् व्यवस्थापन समाजमा निर्विरोध निर्वाचित

आर्थिक समाचार

काठमाडौँ, नयाँ बानेश्वर — ओखलढुंगा विपद् व्यवस्थापन समाजको पाँचौँ वार्षिक साधारण सभा काठमाडौँको नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा सम्पन्न भएको छ। सभामा उपस्थित सदस्य, प्रतिनिधि तथा अतिथिहरूले समाजका गतिविधिलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दिशामा नवगठित कार्यसमितिलाई सर्वसम्मत समर्थन व्यक्त गरेका छन्।

सभाबाट पोकलि झरना सेवा समाजका संस्थापक अध्यक्ष गुरु केदार बराल ओखलढुंगा विपद् व्यवस्थापन समाजको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। अध्यक्ष बरालले आफ्नो सम्बोधनमा एक वर्षे कार्यकालमा पारदर्शिता, जनमुखी सोच र सक्रिय सहभागिताका साथ समाजलाई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

साधारण सभा समाजसेवी तथा वामपन्थी नेता लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पूर्वमन्त्री राम कार्की, समाजसेवी विष्णु ढुगेल, कुलबहादुर कार्की, दीपक कटुवाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा निबर्तमान अध्यक्ष पेसल कुमार खतिवडाले संस्थाको पृष्ठभूमि, उद्देश्य तथा हालसम्मका गतिविधिहरूबारे जानकारी गराउनु भयो भने प्रदेश सभा सदस्य माननीय बाबुराम गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै विपद् व्यवस्थापनजस्तो संवेदनशील क्षेत्रमा समाजको भूमिकालाई अझ सशक्त बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो।

नवगठित कार्यसमितिका पदाधिकारीहरू
• अध्यक्ष: गुरु केदार बराल
• उपाध्यक्ष: बाबुराम श्रेष्ठ
• महासचिव: सम्झना प्रेमी
• सचिव: इन्धिरा निरौला
• कोषाध्यक्ष: सङ्गीता तामाङ

सदस्यहरू
• अधिवक्ता सुरेन्द्र बोगटी
• नेपाली कांग्रेसका युवा नेता कुमार लुटेल
• प्रदेश नं. २, ओखलढुंगा (ख) का बाबुराम गौतम

• सिताराम बानिया
::युवा नेता कृष्ण थापा
• जेन–जी आन्दोलनकी चर्चित व्यक्तित्व किशोरी कार्की

नवनिर्वाचित अध्यक्ष गुरु केदार बराल आफैंमा एक परिचित, ऊर्जाशील र समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिनु हुन्छ। उहाँ :पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। बरालको नेतृत्वमा उक्त संस्थाले कोभिड–१९ महामारीका कठिन समयमा तथा भूकम्प लगायतका विभिन्न विपद्का अवस्थाहरूमा उल्लेखनीय राहत, उद्धार र मानवीय सेवा कार्यहरू सम्पन्न गरेको थियो।

अब उहाँकै नेतृत्वमा ओखलढुंगा विपद् व्यवस्थापन समाजले पनि जिल्लाका विभिन्न स्थानमा आवश्यकताअनुसार राहत, उद्धार, पुनःस्थापना तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई अझ व्यवस्थित, प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै सदस्य, अतिथि तथा शुभेच्छुकहरूले नवनिर्वाचित अध्यक्ष बरालसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।