काठमाडौं । बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे उज्याले नेपाल पार्टीको केन्द्रीय अनुशासन आयोग सदस्यमा मनोनित हुनु भएको छ । उक्त पार्टीको मिति २०८२ मंसिर १८ र १९ गते भएको ५औं संघीय कमिटीको बैठकले पार्टीको विधान २०८२ को परिच्छेद ७ को दफा २९ (३) बमोजिम पार्टीको निर्णय अनुसार केन्द्रिय अनुशासन आयोग सदस्य पदमा मनोनयन गरेको हो । देश निर्माण र आम नागरिकको हित सर्वोपरि ठानी संगठनलाई थप अनुशासित, मर्यादित र गतिशील बनाउन महत्त्वपूर्ण भूमिकाको अपेक्षा पार्टीले गरेको जनाएको छ । नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित घिमिरे बरिष्ठ चलचित्र निर्देशक हुनुहन्छ । उहाँले हालसम्म दुई दर्जन भन्दा धेरै चलचित्र निर्देशन गरिसक्नु भएको छ ।

