बैतडी, १३ पुसः नेपाली कांग्रेसले जिल्लाका दुई हजार ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरेको छ ।
जिल्लाभरिका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत ७१ वडाका दुई हजार ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको नेपाली कांग्रेसका सचिव प्रेमबहादुर चन्दले बताउनुभयो ।
ज्येष्ठ क्रियाशील सदस्यले पार्टी सङ्गठन निर्माण र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि नेपाली कांग्रेसमा रहेर योगदान गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका हौँ ।”
जिल्लाका ८४ वटा वडामध्ये दोगडाकेदारका चार र पुर्चौंडीका १० वडाका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्न बाँकी छ । अन्य वडाका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भइसकेको सचिव देवराज जोशीले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिका–६ र ८ का ज्येष्ठ क्रियाशील सदस्यलाई यही पुस १५ गते मल्लाढिकमा सम्मान गर्ने कार्यक्रम रहेको छ भने वडा नं १ का ज्येष्ठ क्रियाशील सदस्यलाई पुस १६ गते रिममा सम्मान गर्ने कार्यक्रम छ ।
–––
