नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौं अधिवेशनका लागि उम्मेदवारी दर्ता खुला

कोरियाअपडेट

भावना कार्की 

सौल/ दक्षिण कोरिया ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौं अधिवेशन (२०२६) अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवार दर्ता प्रक्रिया सुरु गरिएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय विधान २०६० (पाँचौं संशोधन २०७७) अनुसार दक्षिण कोरिया शाखाको आगामी तीन वर्षे कार्यकाल (२०२६–२०२९) का लागि जनवरी ११, २०२६ मा हुने आठौं अधिवेशनमार्फत कार्यसमिति चयन गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार विधानअनुसार योग्यता पुगेका इच्छुक सदस्यहरूले विभिन्न पदका लागि उम्मेदवारी दिन सक्नेछन्। उम्मेदवार दर्ता प्रक्रिया जनवरी ५ देखि ७ सम्म सञ्चालन हुनेछ भने उम्मेदवारहरूको नामावली जनवरी ८ मा प्रकाशित गरिनेछ। त्यसैगरी उम्मेदवारले आफ्नो दाबी/विरोध जनवरी ९ मा पेश गर्न सक्नेछन् र अन्तिम नामावली जनवरी १० मा सार्वजनिक गरिनेछ। निर्वाचन जनवरी ११ मा सम्पन्न हुनेछ।

पद संख्या र उम्मेदवारी शुल्क

निर्वाचनमार्फत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, सचिव २, कोषाध्यक्ष १, सदस्य ४ र केन्द्रीय परिषद् सदस्य २ गरी विभिन्न पदमा नेतृत्व चयन गरिनेछ। पदअनुसार उम्मेदवारी शुल्क कोरियन वनमा तोकिएको निर्वाचन समितिले जनाएको छ।

आवश्यक कागजात

उम्मेदवारी दर्ताका लागि

  1. नेपाल पत्रकार महासंघको सदस्यता कार्डको प्रतिलिपि
  2. कोरियाको आइडी कार्डको प्रतिलिपि
  3. उम्मेदवारी शुल्क बुझाएको भौचर/रसिद
  4. पदाधिकारी पदमा उम्मेदवारी दर्ता गर्दा एक जना प्रस्तावक र एक जना समर्थकको नाम अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

उम्मेदवारी शुल्क TOSS BANK (खाता नं. 1000-7864-7011) मा मैनाली अशोक प्रसाद को नाममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारी फाराम fnjkoreaelection2025@gmail.com इमेलमार्फत पठाउन सकिनेछ।

निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित रूपमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली पत्रकारहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।