काठमाडौं । राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता-२०८२ आगामि माघ ६ देखि ९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजना नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले गर्न लागेको हो । कराते प्रतियोगितामा सहभागी जनाउन आयोजक शाखा डोजो लैनचौरले कराते खेलाडिहरुको लागि सूचना जारी गर्दै सम्बन्धित शाखाहरुमा पत्राचार समेत गरिसकेको छ । प्रतियोगितामा महिला र पुरुष खेलाडिहरुबीच कता तथा कुमितेका विभिन्न तौल समुहमा प्रतिष्पर्धा हुने कार्यक्रम संयोजक राम कुमार थारुले जानकारी दिनुभयो । प्रतियोगिता सहभागी हुने खेलाडिहरुको बसोबास तथा यातायात खर्च समेत आयोजकले व्यवस्था मिलाएको जनाएको छ ।

