नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन

कोरियाअपडेट

भावना कार्की 

सौल/ दक्षिण कोरिया ।

आज मिति २०२६ जनवरी ११ तारिकका दिन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। आइतबार कोरियाको राजधानी सउलमा सम्पन्न शाखाको अधिवेशनको बन्दसत्रबाट नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।

अधिवेशनमा कुल २७ जना सदस्यहरूमध्ये १९ जना सदस्यहरूको सहभागिता रहेको थियो। बन्दसत्रले सन्तोष खड्कालाई अध्यक्षमा चयन गरेको छ। त्यसैगरी महिला उपाध्यक्षमा सबिना कार्की, खुला उपाध्यक्षमा कोकिल पौडेल, सचिवमा बासुदेव भट्ट र समावेशी सहसचिवमा राजकुमार तामाङ चयन भएका छन्।

नवगठित कार्यसमितिको कोषाध्यक्षमा प्रमिला बुढाथोकी चयन भएकी छन् भने सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन भएका छन्। साथै केन्द्रीय परिषद् सदस्यमा केशव पोख्रेल निर्विरोध चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा भर्चुअल माध्यमबाट नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। खुला सत्रमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिको रूपमा जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको सहभागिता रहेको थियो।

उद्घाटन सत्रमा कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने केही अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।