भावना कार्की
सौल / दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सहयोग, सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ कोरियन नयाँ वर्ष सलनाल २०२६ को पावन अवसरमा तनहुँ समाज, दक्षिण कोरिया ले भव्य सांगीतिक कार्यक्रम “सेती–मादी सांगीतिक सौगात भाग–२” आयोजना गर्ने भएको छ।
“आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममार्फत तनहुँ घर स्थापना तथा कल्याणकारी कोष अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण, गण्डकी प्रदेश समाज कोरियाको समन्वय तथा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाहरूको विशेष सहयोगमा आयोजना हुँदैछ।
चर्चित कलाकारहरूको बेजोड प्रस्तुति
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा प्रतिभाशाली कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
🎤 बहुचर्चित गायक दुर्गेश थापा ( “दुश्मन हेरेको हेर्यै” )
🎤 लोकप्रिय गायिका सिमरान परियार ( “पानी परेको तिम्रो याद आयो”, “बेसी झरेको” )
🎤 The Voice of Nepal टिम उदयबाट उदाएका गायक प्रदिप राई
🎤 The Voice of Nepal टिम राजुबाट उदाएकी उदयमान गायिका योजना राई
यी कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई अझ भव्य र स्मरणीय बनाउने विश्वास लिइएको छ।
संस्कृति र परम्पराको झल्को
सांगीतिक प्रस्तुतिसँगै कोरियामा सक्रिय दृश्य ब्यान्ड, नेपाल लोकदोहोरी प्रतिष्ठानको बाजागाजा, तथा नेपाली मौलिक संस्कृति झल्काउने लोकनृत्यहरू पनि प्रस्तुत गरिनेछ, जसले प्रवासी भूमिमा नेपाली कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा
दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न संघ–संस्था, समाजसेवी, बुद्धिजीवी तथा नेपाली मनहरूलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।
आयोजक: तनहुँ समाज, दक्षिण कोरिया
सहजीकरण: नेपाली सम्पर्क समिति, दक्षिण कोरिया
समन्वय: गण्डकी प्रदेश समाज, कोरिया
विशेष सहयोगी: गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाहरू

